राष्ट्रपति पौडेल चितवनमा

रासस
रासस
Read Time = 1 min

चितवन । राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुग्नुभएको छ । भरतपुर महानगरपालिका-१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका-५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन आउनुभएको हो ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनकोसमेत शिलन्यास गर्नुहुने कार्यक्रम छ ।

ADVERTISEMENT

विसं २०७१ कात्तिक २० गते शिलन्यास भएको सो पुलको निर्माणमा रु २१ करोड ६८ लाख आठ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *