काठमाडौं । नर्सरी व्यवसायी संघको आयोजनामा प्रथम नेसनल हर्टिकल्चर एक्स्पो-२०८० शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । मेला संयोजक रामजी कुँवरले मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीवितरणका लागि राखिएको जानकारी दिनुभयो ।
मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिका स्टलसमेत रहेका छन् । मेलामा ७४ व्यावसायिक स्टल, चार फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँच स्टलसहित ९० स्टल रहेका आयोजकले जनाएको छ । एक्स्पो चार दिनसम्म चल्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता