हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँ स्वास्थ्यचौकीबाट जेष्ठनागरिकका लागि जनरल स्वास्थ्य शिविर तथा क्षयरोग सम्बन्धि माइक्रोस्कपिक स्क्रीनिङ शिविर सेवा सम्पन्न भएको छ ।
शुक्रबार डाडाफया स्वास्थ्यचौकीमा विरामी जाँच्ने यन्त्र उपकरण डाक्टरलाई हस्तान्तरण गर्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले शिविरको उद्घटान गर्नुभएको स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । पालिका भित्र रहेका ४,५ र ६ वडा बाहेक अन्य सबै वडाका स्वास्थ्यचौकीबाट यो सेवा सञ्चालन हुने भएको संयोजक भण्डारीले बताउनुभयो ।
आजै भएको उक्त शिविरमा डाडाफयाँ स्वास्थ्यचौकीबाट ६० वर्ष माथिका ६८ जनाले सेवा लिएका छन् । माइक्रोस्कपिक स्क्रीनिङ शिविरमा सेवा लिने पुरुष ३५ जना र महिला ३३ जना रहेको उहाँले बताउनुभयो । शिविरमा क्षयरोगका आशंका गरिएका ८ जना शंकास्पदको समेत उपचार गरिएको छ । भने अन्य जेष्ठ नागरीकको सामान्य जनरल सेवा दिइएको छ ।
यस्तै स्तनमा पिलो भएका एक जना महिलालाई उक्त शिविरमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल सिमकोटमा रिफर गरिएको संयोजक भण्डारीले बताउनुभयो । शिविर डाडाफयाँ स्वास्थ्यचौकीमा सम्पन्न भएसँगै शिविर टोली साँता लागेको छ । यस्तै स्याडा, चौगनफया स्वास्थ्यचौकीबाट जेष्ठ नागरिकको उपचार गरिने भएको छ ।
जिल्ला अस्पताल हुम्लाका डाक्टर छक्क थापाको नेतृत्वमा ल्यापटेक्निसियन बलीराज भण्डारी, गाउँपालिका अनमी मनमाया वली लगायतका स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालित भएका छन् । उक्त सेवा सञ्चालन उद्घाटन तथा शिविर कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर, ल्याब टेक्निसियन लगायतको टोलीको सहभागीता रहेको थियो ।
यो सेवा सुचारु भएसँगै जेष्ठ नागरिक लगायत विरामीलाई उपचारमा सहज हुने भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा