काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा यादवका साथै चक्रघट्टा गाउँपालिका ९ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर लोहार लगायत विरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आराेप-पत्रमा फिल्डमा भएको भन्दा बढी कार्यको मूल्याङ्कन गराई आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेश गरेको नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी सोही प्रतिवेदन स्वीकृत गरी श्री आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडलाई रू ९,७७,०१६।९४ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
उनीहरु निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूर गरी प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्था लि.लाई गैरकानूनी लाभ पुर्याएको भन्दै नौ लाख सतहत्तर हजार सोह्र रुपैयाँ चौरानब्बे पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवत्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा