गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३२ हजार २२६ पुग्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या झनै बढीरहेको गाजास्थित स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

सेना र शिन बेट सुरक्षा सेवाले अल-शिफा अस्पताल क्षेत्रमा लडाई जारी राखेको छ । इजरायलले यसअघि पनि अस्पताललाई निशाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमाण्ड सेन्टरको रूपमा प्रयोग गरेको र कम्प्लेक्स मुनि भूमिगत सुरुङहरूमा हतियार र लडाकुहरू लुकाएको दाबी गरेको छ ।

ADVERTISEMENT

इजरायल र प्यालेस्टानइबीच २०२३ को अक्टोबर ७ बाट युद्ध शुरु भएको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?