दिमाखको खाली स्लेट भएको भए म आहा गर्थें होला । हलुका दृश्य संसारको आकर्षणमा आकर्षित हुने भए म बुरुक्क उफ्रन्थेँ होला । अनुहारको मोहमा अनुरक्त हुने भएको भए म सायद आफैँभित्र हराउँथेँ होला । चिन्तनको चौतारी साँघुरो अवस्थामा अनुरक्त भएको भए म विविध फुर्तिमा फुर्कन्थेँ अवस्य नै । न्युजिल्याण्डको दुई गोलाद्र्घ जोड्ने हालको राजधानी वैलिङ्टन आफैँमा सौन्दर्यको सहज प्राकृतिक मर्करी प्रकाशमा त छँदैछ त्यसमाथि वैज्ञानिक झिल्लीले झिल्लीदार बनेको झल्का संसारकै आश्चर्य अनुभूत हुनेमध्येको अनेकमा एक पनि हो । साउथ अर्थात दक्षिणी गोलाद्र्घ जसमा प्राकृतिक सौन्र्दको अथाह गाथा छ ।
अनेकौँ हिमश्रृङ्खलाहरू छन् । चौबीसै प्रहरजस्तो हिउँ फुस्फुसाइरहन्छ । चिसोको मात्राले आकाश छुन्छ हामीजस्ता मौसमीअनुकूल ठाउँको संस्कार बनिसकेका मानिसहरूका लागि । यो त न्युजिल्याण्डभरि नै छ । यस परिवेशको पनि अझ माथिल्लो तह यस गोलाद्र्घमा हामी पाउँन सक्छौँ । यसतिर जाने एउटै बिन्दु हो – वैलिङ्टनको बन्दरगाह । जहाँ फेरीका फेरोमा आँखा तिर्मिराउँछन्, बडेमाका ट्रकहरू, बसहरू, कारहरू राखेर मानिससमेत अटाउने फेरी अर्को शब्दमा सामुद्रीजहाज प्रशान्त महासागरमा हेलिँदाका दृश्यले मान्छेको मन आफैँमा चकित हुन्छ–यस वैज्ञानिक चमत्कारलाई हृदयभरि अटाएर ।
चारैतिर हिउँ नै हिउँ, हवाको सुसेली सङ्गीतको धुन निकालेर कर्णविवरमा चौबीसौँ प्रहर लुकामारी खेल्नुको प्राकृतिक रहस्यको अनुपम छटा मुस्कुराइरहन्छ । गह्रुङ्गो जहाज प्रशान्त छालको बैँससँग कुस्ती खेल्दा उन्मत्त यौनमादले मातेका प्रेमीप्रेमिकाको सहज सङ्केत प्रत्यक्ष देख्न सकिन्छ । सामान्य मान्छेका लागि यो दृश्य र यो स्पर्श कारुणिकमात्र होइन हृदयविदारक पनि छ, खानु, लाउनु र बस्नुको सीमाभित्र परिभ्रमित मान्छेका लागि कुप्री परेर काम्नु सिवाय दक्षिणी न्युजिल्याण्डमा अर्को विकल्प छैन । यस क्षेत्रमा घामको अनुहार देख्न औँसीपूर्णिमा कुर्नुपर्छ, त्यो पनि आकाशबाट बादलले विश्राम लियो भनेमात्र ।
हवाले हवासँग, हिउँले हिउँसँग, बरफले बरफसँग कानेखुशी गरेका दृश्य देखेर आँखाका नानी चम्कन्छन्, हृदय उल्लासले उफ्रन्छ, अनुभूतिले कालिदास सम्झन्छ–दोस्रो मेघदूतका लागि । देवकोटाको सम्झना गर्छ अर्को शाकुन्तलका लागि । रवीन्द्रनाथको अनुहार झल्झली दृश्यपटलमा उदाउँछ अर्को गीताञ्जलिका लागि ।
माइनस दशको चिसोमा प्राकृतिक तन्ना ओच्छिएको यो क्षेत्र यस अर्थ पनि सामान्य मान्छेका लागि रुचिकर नहुनु स्वाभाविकै हो । कविकलाकारका लागि यसभन्दा अर्को राम्रो स्वर्ग कल्पनामा पनि निर्मित हुन सक्दैन । हवाले हवासँग, हिउँले हिउँसँग, बरफले बरफसँग कानेखुशी गरेका दृश्य देखेर आँखाका नानी चम्कन्छन्, हृदय उल्लासले उफ्रन्छ, अनुभूतिले कालिदास सम्झन्छ–दोस्रो मेघदूतका लागि । देवकोटाको सम्झना गर्छ अर्को शाकुन्तलका लागि । रवीन्द्रनाथको अनुहार झल्झली दृश्यपटलमा उदाउँछ अर्को गीताञ्जलिका लागि ।
धनवीरहरूको धवल धरास्थल हो यो । फेरी वा पानीजहाज थाहा छैन संसारमा यस उचाइका छन् वा छैनन् । आठ तलासम्म भएको उचाइमा कल्पना गरौँ के छैन । सबभन्दा तल्लो तलामा भएभरका गाडीहरू । साइकल मोटरसाइकलको कुरा नगरौँ । यी न्युजिल्याण्डका कुनै पनि क्षेत्रमा छैनन् होइन छन् तर टाढाबाट पशुपतिको दर्शन गर्न हिँडेजस्तै । रहरले कोही कसैले चलाएको देख्नु वा आवाज सुन्नु पनि संयोग हुन पुग्छ । गाडीदेखि मालबाहक साधन र ससाना जहाजसम्मको बासस्थान हो यस जहाजको तल्लो तला ।
दोस्रोदेखि आठौँसम्म यात्रुका यात्रास्थल । ती पनि भरिभराउ कुचुक्क परेका सस्तोमा भ्रष्टाचारको खेती गरेर नेपालीमन्त्री/राजा/राष्ट्रपतिले ल्याएर आकाशमा उडाएका यमराजका मुटु जहाजजस्ता होइनन् । खल्ती छाम्नोस्, डलरका पत्ता गन्नोस्, अटेसमटेस भएको निर्णयमा पुग्नोस् । के छैनन् ? सामान्यतः छँदैछन् माथि उक्लनोस्, सामान्य, स्पेशल, अझ विशिष्ट साराका सारा क्याबिन कोठाहरू तपाईं हाम्रा स्वागतमा मुस्कान छरेर बसेका छन् । मिष्ठान्नका भारी सजाएर उठेका छन् । खाना चाहिँ चिन्नुपर्छ । पशुपतिको दर्शनमा लम्पसार परेर निधारमा विगुत घसी चिम्टा र कमण्डलु बोक्नेका लागि त यो एक प्रकारको नारकीय यातनास्थल नै हो । केही पाउनुहुन्न खाना आफैंले लगेकाबाहेक ।

द्वैधचरित्रको चम्कामा खेल्नेका लागि यो स्वर्र्गीय आनन्द इन्द्रासन हो तपाईं जे पनि पाउनुहुन्छ । आरामपूर्वक मगाउनु होस्, खानुहोस्, पिउनुहोस् । उन्मादको लहर चल्नलागेपछि भाषा छ तपाईंसँग बोलाउनुहोस् । उर्वशी, मेनुका, पिङ्गला महाभारतका पाना पल्टाएर हेर्नुपर्दैन यहाँ । जस्ताका त्यस्तै प्रत्यक्षमा प्राप्त गर्न सक्नुहुन्छ । यसको मतलव नारी सम्मानको, नारी अधिकारको उर्वर भूमि हो यो नेपालजस्तै । भारतवर्ष नेपाललगायतकालाई छाडेर पश्चिमा देशहरूमध्येमा पहिलो पटक महिलालाई भोट हाल्न अधिकार दिने देश पनि हो यो ।
बच्चाले खेल्ने सामानसहितका कोठाचोटा सजिसजाउ यो जहाज जलजहाज थाहा छैन तर विश्वकै उम्दो नमुना हुन सक्छ, अनुपम उदाहरण हुन सक्छ । यति सुविधा सम्पन्न, यति आकर्षक जहाज चढ्ने त कुरै छोडौँ देखेमात्र पनि विदेशको रोग पालेका नेपाली भौतिक चाहनाका जमात यहीँ बस्नका लागि भिसाका लाममा जाम लाग्न पुग्छन् तर न्युजिल्याण्डको यस भेगमा रहन चाहिँ कठोर कामका सीप र समर्पणका भावनाबाहेकका व्यक्तिका सम्भावना कम रहन्छन् । यस क्षेत्रमा नै रहेका छन् हाम्रा साहित्यकार दङगाली मित्र वीरेन्द्र केसी र गोर्खाली साहित्यिक मित्राणी नमिता दवाडी । यिनीहरू पनि हिम्मत गर्न सक्दैनन् नेपाली मित्रलाई त्यस भेगमा निमन्त्रणा गर्न कारण उच्च धनराशिको भारबहन गर्नुपर्छ यसका लागि ।
अर्को दुःखद् बिडम्बना् के पनि छ भने यस्तो सौन्दर्यले खचिखचाउ भएको ठाउँमा मानवबस्ती भने शून्यप्रायः छ । न्युजिल्याण्डको जनसङ्ख्याको बीस प्रतिशतभन्दा पनि निकै कम यस भेगमा रहन्छन् । यसको एकमात्र पहिलो कारण चाहिँ उब्जाउयोग्य जमिन नहुनु हो । दोस्रो कारण चिसोको मात्रा सहनेभन्दा कम सधैँ भइरहनु हो । तेस्रो कारण अत्यधिक महँगी । यसैले यो क्षेत्र सम्पन्न विदेशी पर्यटकका लागि अत्युत्तम क्रीडास्थलका रूपमा स्वागतार्थ लम्पसार परेको छ सौन्दर्यको प्राकृतिक छाती छचल्क्याएर ।
यस भेगमा जनबस्ती कम भएकाले यो प्रकृतिको रौनक उसले नै चाहेर तल झार्नु अलग हो नत्र मान्छे वा मानवेत्तर प्राणीबाट यसको क्षति हुने सम्भावना असम्भव छ । सरकारी तौरतरिकाबाट खटाएर प्राकृतिक सौन्दर्य नबिगारी विदेश निर्यातमार्फत आयआर्जन गर्नु आफ्ना ठाउँमा छ । दक्षिणी भागकोे न्युजिल्याण्डयात्रारम्भ गर्ने प्रथमबिन्दु वेलिङ्टन हो र यसबाट उस भागको अवतरणको पहिलो बिन्दु होपिङ्टन । साहित्यिक मन नभएका सिर्जनात्मक क्षमता नरहेका, मात्रभौतिक लालसाका भोक हृदयभरि जगाएर वा आर्थिक समस्याका भारले रन्थनिँदै त्यसबाट मुक्ति लिनका लागि यस भेगमा पुगेको मान्छे कुहिराको काग हुन पुग्छ नहराउला, काग पनि कहाँ हराउँछ र ?
तर लक्षित दिशा चाहिँ ठीक समयमा लिन सक्दैन । शृङ्खलाबद्घ हिमचोटीहरू पत्र पत्र परेका अँधेरी रातहरू, उज्यालोबाट टाढा भाग्दै गरेका मिर्मिरे प्रहरका सोचीनभ्याइने, सम्झिनभ्याइने त्यस तुफानी बेगको सामना गर्नुपर्दछ जहाँबाट कम साहसीले मात्र पार पाउन सक्छ । यसै वातावरणको उत्प्रेरक संस्कारले पनि हुनसक्छ यहीँ जन्मी, हुर्की, बढी, पढी गरेका एड्मण्ड हिलारी पहिलो पटक सगरमाथा चुम्न सफल भए । भलै तेन्जिङको काँध वा हात पहिलो किन नहोस् यी दुवै उस्तै वातावरणमा जन्मे हुर्केका, उस्तै खालको नामको भोकले छट्पटाएका, उस्तै खाले जीवनकालामा आयु सुरक्षाप्रतिको चासो नभएका व्यक्तिले मात्र गर्न सम्भव कार्यहरू हुन्, यी जसलाई तेन्जिङ र हिलारीले विश्वसामु पहिलो पटक गरेर देखाए ।
यस ठाउँमा पुगेपछि यी दुई व्यक्तित्वको वातावरणीय उत्प्रेरणाको सम्झना भएन भने त्यस व्यक्तिले आफ्नै घरतिर, आफ्नै देशतिर वा आफ्नै सुसेधन्दातिर लाग्ने टिकट लिए हुन्छ । संसारको दोस्रो प्राकृतिक सुन्दरताले युक्त भनेर चिनिने यो देश यसरी नै अझ गतिलिँदै जाने हो भने अघिल्लै पाइलामा आउन सक्छ । सामान्य ज्ञानका पानामा अहिलेसम्म पहिलो सूर्योदयको देश भनेर जापान छँदैछ तर यथार्थमा अहिले जापान नभएर पहिलो सूर्योदयको देश न्युजिल्याण्ड पुष्टि भएको तथ्यले देखाउँछ । विविध ऐतिहासिक अविस्मरणीय उदाहरण बोकेर उभिएको न्युजिल्याण्डको केन्द्र वा राजधानी वेलिङ्टन आफैँमा आकर्षक छ नै ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts