इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । इजरायली सेनाको आक्रमणमा परी वेस्ट बैंकमा ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले वेस्ट बैंकका धेरै शहरहरूमा आक्रण जारी राखेको बताइएको छ । आक्रणमा तुल्कारम शहरको नुर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ६ प्यालेस्टाइनी मध्ये चार जनाको मृत्यु भएको पनि बताइएको छ ।

तीमध्ये दुईजना इजरायली सेनाले चलाएको प्रत्यक्ष गोलीबाट मारिएका थिए भने अन्य दुईजना ड्रोन आक्रमणमा मारिएका थिए ।

ADVERTISEMENT

इजरायली सञ्चारमाध्यमहरूले शरणार्थी शिविरमा सैन्य कारबाहीका क्रममा इजरायली गाडीहरूमा गोली हानेर ड्रोनबाट आक्रमण गरेका दुई प्यालेस्टाइनीहरूले सेनालाई खतरामा पारेको बताएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?