गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा तत्कालीन शाखा अधिकृत उपर भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनले ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्म काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय र अतिरिक्त जिम्मेवारीका रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा काम गरेका थिए ।

गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

कार्कीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । कार्की सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्मको अवधिलाई अख्तियारले जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो ।

ADVERTISEMENT

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्कीले सार्वजनिक सेवा गरेको अवधि (२०५८/०४/१६–२०७९/१२/३०)को आय–व्ययको विश्लेषण गर्दा कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेकोमा कुल ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ ।

त्यसमध्ये तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायमगरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *