काठमाडाैं । अर्को विश्व सम्भव छ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्चको १६औँ विश्व भेला सम्पन्न भएको छ ।
सम्मेलनमार्फत् अन्तर्राष्ट्रिय संस्था अक्सफार्मले आर्थिक असमानता, जलवायु परिवर्तन तथा लैंगिक असमानताका मुद्दा उठान गरेको थियो । अक्सफार्मका रिजनल पोलेसी एण्ड क्याम्पियन को–अर्डिनेटर सुनिल आचार्यका अनुसार सम्मेलनमा अक्सफार्मले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, छुवाछुत तथा रंगभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल, बहस तथा विद्यमान समस्याको विकल्पसमेत प्रस्तुत गरेको थियो ।
मूलतः विश्वमा विद्यमान आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचविखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र सबै प्रकारका भेदभाव, लिंग, लैंगिकता, लैंगिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, ऊर्जा र प्राकृतिक स्रोत शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र जलवायु, पर्यावरण, न्यायोचित रूपान्तरण, बासस्थान र दिगो विकास, महिला, बालबालिका, युवा, वृद्धवृद्धा र अपांगता भएका व्यक्ति र सामाजिक आन्दोलन, नागरिकको स्थान जस्ता विषयको उठानमा अक्सफार्म केन्द्रित रहेको उहाँले बताउनुभयो ।
विश्वको आधा जनसंख्या ओगटेका महिला तथा बालिकामाथि हुने हिंसा र सबैखाले विभेदविरुद्ध आवाज उठाउँदै विश्व सामाजिक फोरमले विश्वभर सन् २००१ देखि ‘अर्को विश्व सम्भव छ’ नाराका साथ सम्मेलन आयोजना गर्दै आएको छ । सामाजिक तथा जलवायु, न्याय, मानव अधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापीरूपमा आयोजना हुँदै आएको विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा पाँच दिनसम्म (१५–१९ फेब्रुअरी २०२४) सम्म सञ्चालन भएको थियो ।
सम्मेलनमा विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधिको सहभागिता थियो भने १३ वटा मुख्य विधामा आधारित भएर विभिन्न कार्यक्रम सञ्चालन भएका थिए । अक्सफार्म संसारभरका ८१ देशमा साझेदार र स्थानीय समुदायसँग मिलेर काम गर्ने २१ संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । अक्सफार्मले नेपालमा सन् १९८० को दशकको सुरुदेखि नै जनसंख्या, विशेषगरी महिला र अन्य सामाजिक तथा आर्थिकरूपमा बहिष्कृत समूहले भोग्नुपरेको गरिबी र अन्याय सम्बोधन गर्ने विभिन्न विकासमा पहल गर्दै आएको छ । गरिबीबिनाको न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित अक्सफार्मले नेपालमा काम गरिरहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts