इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको बताइएको छ ।

डेमाक विपद् व्यवस्थापन निकायका अनुसार ११ उपजिल्लाका ८९ गाउँ ३० देखि ८० सेन्टिमिटरसम्मको गहिराइमा डुबानमा परेका छन् ।

ADVERTISEMENT

वुलान नदीमा रहेको बाँध भत्किँदा डेमक र छिमेकी जिल्ला कुदुस जोड्ने प्रादेशिक राजमार्गको एक खण्ड अवरुद्ध भएपछि बाढीले डेमकमा झनै गम्भीर संकट निम्तिएको बताइएको छ । वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू आउने गर्दछन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज