काठमाडौं । मेरो लगानी डटकमका प्रधान सम्पादक युवा पत्रकार राजेन्द्र खनाललाई मातृशोक परेको छ । उहाँकी आमा मुनादेवी खनालको ७६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
विसं २००४ सालमा इलाममा जन्मनुभएकी खनाल समाजसेवीका रूपमासमेत परिचित हुनुहुन्थ्यो । स्वर्गीय खनालको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो भने अहिले पत्रकार राजेन्द्रसहित परिवारका सदस्यहरू आफ्नो पुख्र्यौली घर झापामा आशौचमा बस्नु भएको छ ।
स्वर्गीय मुनादेवीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । मुनादेवीको स्वर्गीय आत्मालाई चीरशान्तिको कामना गर्दै हिमालय टाइम्स् तथा इम्प्रेसन प्रालि परिवार शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा