काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मःम पार्टी’ का लागि गिनिज वल्र्ड रेकर्ड बनाएको छ । जसबाट नेपालले कोक र मःम निकै मन पराउँछ भन्ने पुष्टि भएको कम्पनीले जनाएको छ । हालै काठमाडौंको हायात रेजेन्सी ग्राउण्डमा ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागका रूपमा ‘द लार्जेस्ट मःम पार्टी’मार्फत् नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविष्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको बताइएको छ ।
कोका–कोलाले पाँच सयभन्दा बढी उत्साही सहभागीका साथ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुर्ईवटा मःम खान दिइएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुर्ईजना साक्षीको पनि व्यवस्था गरिएको थियो ।
सो अवसरमा सहभागीहरूले कोका–कोलासँगै मःमको स्वाद लिएका थिए । कम्पनीकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो, ‘कोका–कोला र मःम नेपालीलाई साँच्चिकै मन पर्छ । यो उपलब्धि विश्व रेकर्डले पुष्टि गरेको छ । परिकारको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभव सिर्जना गर्न पाउँदा गर्व गर्छौं ।’ कोकले नेपालमा कोक र स्थानीय परिकारको अवधारणा आत्मसात गर्न लगातार नौ वर्षदेखि महोत्सव अभियान आयोजना गर्दै आएको छ ।
यसैबीच कम्पनीले आयोजना गरेको ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टल राखिएका थिए । चर्चित भारतीय गायक पापोनसहित प्रजिना, जोन एण्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरेलगायतका कलाकारको प्रस्तुति रहेको कन्सर्टमा १७ हजारभन्दा धेरै दर्शकले उत्साहपूर्ण सहभागिता जनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा फोहोर व्यवस्थापनकै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालनका साथै कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै बिन राखिएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता