
भोजपुर । भोजपुरमा शुक्रवार आयोजित कार्यक्रमका सहभागी बत्ताले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु आफैं पनि जागरुक हुनु पर्नेमा जोड दिनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गरेको सचेतना मुलक कार्यक्रमका सहभागीले उपभोक्ता आफै सचेत नहुदाँसम्म अधिकार प्राप्त नहुने भएकाले चनाखो हुन आग्रह गर्नु भएको हो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले उपभोक्ताको अधिकार संरक्षण र सम्वर्धनका लागि सवै जिम्मेवार बन्न जरुरी रहेको धारणा राख्नुभयो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सेवा दिने निकाय, उद्यमी, व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । सवै क्षेत्र आआफनो क्षेत्रमा इमान्दार हुन सकेमा सुशासन र अधिकार पनि मजबुत हुने बताउनुभयो ।
उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण बहादुर मोक्तानले उपभोक्ताहरुलाई सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार रहेको बताउनुभयो । मोक्तानले बिदेशी भन्दा पनि स्वदेशी उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उपभोक्ता मञ्च भोजपुरका संयोजक गणेश श्रेष्ठले अधिकारका लागि आफै उपभोक्ता जागरुण हुनु पर्ने बताउनु
भयो । सचेतनामुलक कार्यक्रमहरुमा उपभोक्ताहरुको बढी सहभागिता हुनु आवश्यक रहेको बताउँदै श्रेष्ठले कानुनले उपभोक्ता अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था छ । सो व्यवस्थामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । साथै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानमा सुनिश्चित गरिएको छ ।
उपभोक्ता अधिकार दिवसको अवसरमा जिरोप्पाइन्ट गेटबाट बजार हुदै उद्योग बाणिज्य संघको कार्यालयसम्म बिभिन्न सचेतना मुलक प्लेकार्ड सहित प्रभात फेरी समेत निकालिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच