काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न सकिने भएको छ ।
शनिबारदेखि सुरु हुने बुढासुब्बा गोल्डकप फुटबल २४औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट काट्न मिल्नेछ । यसपटकको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आठवटा क्लब सहभागी छन् ।






