भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै ‘कुहूँ’

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी  । शिरानमा घना जङ्गलको पुछारमा मालिकादेवि लाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले ।

जिल्लाको मंगला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्कको छ । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वले युक्त यो गाउँ मगर बाहुल्य गाउँ हो । यहाँ १७ औं शताब्दीको ऐतिहासिक सुरुङमार्ग र तत्कालिन पर्वत राज्यसँग सम्वन्धित महत्वपूर्ण ऐतिहासिक किंवदन्ती रहेका छन् । तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा ती इतिहासहरु मेटिएका छन् ।

यहाँ १७ औँ शताब्दीमा तत्कालिन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ ।

बाइसे/चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवि एवम् दीपशिखा मावि कुहूँका भुतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताउनुभयो ।

उहाँका अनुसार म्याग्दीको प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करीब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ ।

गुफाको पूर्वतर्फ करीब ७० मिटरको दूरीमा तत्कालीन कुहँुले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ ।

१६.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसंख्या रहेको छ । मगरहरुको बाख्लो वस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक,जैविक र सांस्कृतिक सम्पदाहरुले समेत महत्वपूर्ण भए पनि भाषाको अभावमा कैयौं सम्पदाहरु पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मंगला गाउँपालिका वडा नं १ का वडाअध्यक्ष एकजित रोकाले बताउनुभयो ।

“पछिल्लो समय कुहूँ पुख्र्यौली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदै छ” वडाअध्यक्ष रोकाले बताउनुभयो ।

ADVERTISEMENT

मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीनवटा भाषा प्रचलनमा रहेका रहेका छन् । म्याग्दीको कुहुँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरैकुरा बाहिर आउन नसकेको उहाँको भनाइ छ ।

चिटिक्क परेको बाख्लो वस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले युक्त ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्ति मुनिको अध्याँरो नियतिलाई भोग्न वाध्य भएको छ ।

यहा रहेको १७ औं शताब्दीको सुरुङ,मालिका देबीको किंवदन्ती,गाउँको शिरानमा रहेको जंगलमा रहेका जैविक सम्पदा,ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषयहरु खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताउनुभयो ।

उहाँका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृंखला र वनजंगलको मनमोहक दृश्य देखिन्छ ।

स्थानीय जेष्ठ नागरिकहरुका अनुसार सो सुरुङको प्रवेशभाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका–४, सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ ।

सो सुरुङको भित्रितर्फको मध्यभाग दुई तिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ ।

सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीविहरुको भनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?