
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तिकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताउनुभएको छ । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतीदेवी स्मृति केन्द्रद्वारा शनिबार आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा अध्यक्ष ओलीले यस्तो यस्तो जिकिर गर्नुभएको हो । सामाजिक रूपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिरहने उहाँको भनाइ थियो ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य नभएको दाबी गर्नुभयो । अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने उहाँको भनाइ थियो । ओलीले भन्नुभयो, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसद्मा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’
उहाँले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पु¥याउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । महिला सशक्तिकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि अध्यक्ष ओलीको दाबी थियो । अध्यक्ष ओलीले महिलाहरूलाई सशक्तिकरणको बाटोबाट पुरुषसरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिरहने बताउनुभयो ।
त्यस अवसरमा पूर्व–प्रधानमन्त्रीसमेत रहेका ओलीले ‘संघर्षशील योद्धाहरू’को लोकार्पण गर्नुभयो भने सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकालाई सम्मानित गर्नुभएको थियो ।
सम्मानित हुनेमा प्रेरणादायी महिलामा धम्मावती गुरुमा, युवा वैज्ञानिक रोजिता बुद्धाचार्य, वाइल्ड लाइफ फोटोग्राफर विनिता भण्डारी, उद्यमी सावित्री थापा, समाजसेवी शान्ति चड्डा, राजनीतिककर्मी सोना छेदुङ लामा, साहसिक बस चालक रेणुका थापा, दुर्गमकी चिकित्सक तुल्सी शाही, सामाजिक अभियन्ता सोनिया सदाय र मानव बेचविखनविरोधी अभियानकर्ता चरीमाया तामाङ रहनुभएको थियो ।
केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्ना निजी स्वार्थ त्यागेर समाज रूपान्तरण र महिला जागरणमा योगदान गरेका महिलालाई भविष्यमा पनि सम्मान गरिने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक मोतीदेवी श्रेष्ठको स्मृतिमा उक्त केन्द्र स्थापना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच