काठमाडौं । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला सुरक्षा दबाब समूहले शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रभातफेरीमा महिला हिंसा अन्त्य गर, समान पारिश्रमिक कायम गर, शालीन पोखरेललाई न्याय दे, अपराधीलाई कडा कारबाही गर लगायतका नाराहरू रहेको प्लेकार्ड बोकिएको थियो । प्रभातफेरी रातोपुल हुँदै मैतीदेवी मन्दिरसम्म पुगेर सभामा परिणत भएको थियो ।
सभामा संस्थाकी अध्यक्ष कल्याणी शाहले महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्न सरकारसँग माग गर्नुभयो । महिला अगाडि बढ्नु भनेको परिवार र समाज अगाडि बढ्नु हो भन्ने कुरालाई आत्मसात गर्दै उनीहरूको जीवन परिवर्तनका लागि सरकारले महिला उत्थानका क्षेत्रमा लगानी बढाउन उहाँले आग्रह गर्नुभयो । अध्यक्षको मन्तव्यपछि सभा विसर्जन भएको थियो । यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts