काठमाडौं । नेपाल मेडिकल कलेज २८औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कलेजले झण्डोत्तलनसँगै बिरामीलाई फलफूल वितरण गरेको छ । वार्षिकोत्सवका अवसरमा सञ्चालकहरूले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नवीनतम् कार्य गर्ने जनाएका छन् ।
कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा. भोला रिजाल, प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, डाइरेक्टर डा. साविहा यासमिन, अस्पतालका निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहठ्ठा, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीलगायतको सहभागिता रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता