यही हप्ताको सोमबार नेपाली काङ्ग्रेस र माओवादी गठबन्धनको गाँठो तोडिएको कुरा एक्कासि प्रचण्डको जण्ड मुुखारबिन्दबाट हुकुुमी शैलीमा आवेग र आक्रोश-मिश्रित स्वरमार्फत पटट्ट पड्कियो । यतिखेरको संसदको सबैभन्दा ठूलो दल भनिएको गठबन्धनको स्टेकहोल्डर भइखाएको काङ्ग्रेससित कुनै औपचारिक वार्ताविना संयुुक्त गठबन्धनलाई एक्कासि आर्यघाट पुु¥याइदिए वा त्यत्रो शक्तिलाई नाथे र छुसीजति पनि गिन्ती नगरी ! केही वर्षयता नेपालका कथित राजनीतिक दलहरूका शरीरमा प्राण भर्ने चुरो उपागम-दर्शन, सिद्धान्त र विचारबाट स्खलितथरी थरीका अप्राकृतिक एवं अस्वाभाविक गठबन्धन, तालमेल वा गठजोडबाट समुुन्पन्न तमोगुणी बण्डावाद नै बन्न पुुगेको छुरो कुरो अस्ताउन लागेका बुढी बुढोदेखि उदाउँदैका साना भुरालाई पनि थाहा भइसकेको छ । ‘क्षणे रुष्टाः क्षणे तुुष्टाः रुष्टेः तुुष्टे क्षणे क्षणे । अव्यवस्थित चित्तानां प्रसादोद्रपि भयङ्करः।।’
अर्थात् आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै एकछिनमै कुपित वा क्रुुद्ध हुने, स्वार्थ पूरा भएमा तुरुन्तै खुशी हुने व्यक्तिहरू अव्यवस्थित या अराजक हृदयका हुन्छन् त्यस्ता लहडी स्वभाव भएका मानिस कथं खुुशी भइहाले पनि डरलाग्दै हुन्छन् अतः यस्ता मानिसको कबै संगत नगर्नूू भनेर नीतिले बोलेको वचनमा बेवास्ता गर्दा काङ्ग्रेस नामक जन्तुुको पिसाबे न्यानोको अलाइन्सको तन्तु चुुँडिनुको साथै दह्रो पादप्रहार पनि भएको छ । यहाँका दल भनाउँदाहरू संविधान, नीति तथा नैतिकता नमानेर हिँड्दा निम्नमध्यमवर्ग, ग्रासरुटका जनता र स्थायी सरकारसमेत निरीह तथा पङ्गुु बन्ने थितिको सिर्जना हुनपुुगेको छ आज । गठबन्धनवादको बण्डावादी नीच ‘उपागम’ ले अगस्ति, धुन्धुकारी र रत्नाकरवृत्तिहरू चरम रूपमा खुुट्टो घुमाएर पुठ्ठो नचाउने कुुरूपता अझ बढोत्तरीमै छ ।
चराको धोती हुँदैन नकच्चराको ओखती हुँदैन भनेजस्तो पो भो त नेपालाँ ! जान्नुु न सान्नुु थुतुुनोमात्र तान्नुु भनेझैँ ‘उथलपुुथल’ शब्दलाई नै अनर्थ भाष्य गर्ने हास्य जोक्करहरूको भद्दा कमिक कति वर्ष टुुलुुटुुलुु हेरेर बस्ने हामी तृणमूूल रैतीले ।
सिसिफसले ढुुंगो उठाएर लेर जाने अनि लडाउने पुुनस्तद्वत् अघिकै जस्तो कथाझैँ छलाङे स्वाङमा देश भ्वाङै भ्वाङले थिलथिलो भएको कुुरूपता कति दिन हेरेरबस्ने हे मेरी बास्सै ‘के खोज्छस् नेता कुर्सी’ भन्ने आधुनिक उखान पूूर्ण साकार पार्नेतिर पो पुुगे बा ! नकच्चराहरू ! चराको धोती हुँदैन नकच्चराको ओखती हुँदैन भनेजस्तो पो भो त नेपालाँ ! जान्नुु न सान्नुु थुतुुनोमात्र तान्नुु भनेझैँ ‘उथलपुुथल’ शब्दलाई नै अनर्थ भाष्य गर्ने हास्य जोक्करहरूको भद्दा कमिक कति वर्ष टुुलुुटुुलुु हेरेर बस्ने हामी तृणमूूल रैतीले । आवेग र क्रोधको ज्वालामा निस्किएको लघुुवाणी ‘म नमरुन्जेल उथलपुुथल भइरहन्छ’ ।
उथलपुुथल भनेको त लामो कालखण्डपछि आउने महान् परिवर्तन पो हो त ! केही महिना वा वर्षदिन बित्दानबित्दै आउने उलटपुलट त अव्यवस्था, अराजकता, अस्तव्यस्त र अत्यधिक सनक र उत्तेजनाको लाजहराम मपाइँतन्त्र होइन र ? दायाँलाई बायाँ र बायाँलाई दायाँ बनाउने निरर्थक प्रयासको बालुवा पेल्ने खलकर्म होइन र यो उलटापुलटको चुरो अन्तर्य ? अनि संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो माटोमा असफल छ र निरंकुुश तानाशाही नै बेस हुन्छ यही सिद्ध गर्न खोजिएको त होइन नक्कली सिद्धहरूले । संसदीय व्यवस्था त ‘खसीको टाउको देखाएर .......को मासुु बेच्नुु हो’ भन्ने सर्वसत्तावादीहरूको जाल काल बनेर घाँटी समात्दैन त !
‘उथलपुुथल’ जस्तो गरिमामय अर्थ बोकेको शब्दलाई सिरान हालेर देशलाई अन्योल, अस्थायित्व, गोलमाल, अशान्ति, कानुनहीन राज्य र सामाजिक भडकावको अपभ्रंसित किल्लामा पुुर्याएर चिल्ला बोलीमा गिल्ला भर्ने कुकामले मुलुक शेषमात्र पार्नसक्छ । जहाँ दर्शन, सिद्धान्त, विचार, नैतिकता, इमान्दारिता, माटोको अनुुराग छैन त्यहाँ भुत्राको उथलपुुथल ? ‘हाम्रो वाद जमेको पोखरी होइन, यो त गड्गडाउने नदी हो’ भन्ने तर गन्धा बाढी ल्याएर अवैध धन्दामा भूूमि र बस्ती नै जोखिममा पुुर्याउनुु खहरेको काम हो गङ्गा त सधैँ चङ्गा भइरहन्छ भन्ने नबुुझ्नुु मूूर्खता होइन र ?
राष्ट्रको आन्तरिक र बाहृय कर्जाका ऋण रकम हेर्दा बेहोस् हुने थिति देखिँदा नि कहिल्यै चेत नपस्ने कथित नेतृत्वलाई कुन नामले संबोधन गर्ने ? लुुटखसोटमा टेकेर नेतातन्त्रकै सेवामा निख्रेर लागी जनतालाई उल्लीबिल्ली र विचल्ली पार्ने वेनका कुुरूप औतार जुवाखालेसित सधैँ लुुथ्रे कान लगाएर बस्ने नुन खाएका कुखुराका भालेजस्ता काले, गाले, झालेमाले र रालेहरू नेपथ्यतिर मुख मिठ्याइरहेका छन् कि ? यस्ता आभारा, छली र पापका भारी नेतृत्वका दाह्री समात्ने खोई राजनीतिक खेलाडी ? मसान शान्तिको यो देशमा सबै मुर्दामा रूपायित भइसके ? मिसन चौरासीको भिजन बेच्ने केही पसले त अन्धतामिस्रमा हतार हतार हामफालिसके । अरू ठिनेमिने ठेउकादेखि उत्तर वयका युवा र बुढा वाचस्तेनहरू कतै नसामा नशा घोप्ट्याएर कतातिर थुुतुनो जोतिरहेका छन् ? कस्तो विडम्बना !
हुन त एक महिने, छ महिने र बर्खान्तमा आउने छलाङे हावाहुरीले ल्याउने अराजकताले नव दासहरूको भर्ना पनि हुन्छ । कतिपय बौद्धिक टाटगिरी तथा प्रगल्भवादका भाटगिरी खाटमाथि बसिहाल्छन् । बर्खाको च्याउझैँ नयाँ नयाँ पद र मानमा मानित बन्न र कमिसको मिसन भकुरेर ऊध्र्ववायु र अधोवायुु चलाउन मजाले पाउँछन् । नाता, अनुुचर, चारण र स्तोत्र गबैयाहरूमा नयाँ-नयाँले मौकाको चौका पनि हान्न पाउँछन् । गणेशपन्थका हुलहरूमध्येबाट तह तहका मन्त्री बनाएर पाँच बर्खे कार्यकालमा संघीय गणतन्त्र नामधारी उद्योगशालाबाट विरिलविरिल मन्त्री उत्पादन गरी मन्त्राणीहरूको रबाफ हेर्ने अवसर पनि पाइने ।
माला, खादा, सगुनमा रङ्गिँदै उद्घाटन र विमोचनमा भाषणका पटाका पड्काउन पनि पाइहालियो । प्रदेश तहतिर नयाँ सरकारमा जनदरकार कुल्चने भुुसतिघ्रे जमातले रोजगार पाइहाल्छन् । नयाँ नयाँ मयलपोस, कोट, सुट टाई सिलाउने समुदायले यो मन्दीमा मान्यामान्यहरूलाई सिँगार्ने रोजगार पनि पाइहाल्छन् । साम्यवादको स्वर्णयुुग आउने स्वैर कल्पना बाँडेर गरिबी फाँड्ने कोकोहोलो मज्जाले मच्चाई रैतीहरूलाई जनार्दनको पालिसमा संबोधन गरी करी, थुुप्पा, तास र वारुणीका भोजमा मोज भर्न पाइने । अनि भोज सकेर पोज दिँदै गर्जने:-
समसामयिक छलाङ-जिन्दावाद !
क्तमभङ्गवाद-चिरायुु होस् !
स्वल्पकालिक उथलपुुथल-अमर रहोस् !
पश्चगामी, पुनरुत्थानवादी-मूूर्दावाद !
घेराबन्दी-तोड्छौँ फोड्छौँ । समाप्तम् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts