काठमाडाैं । महा शिवरात्रिको व्रत ‘निशीथव्यापी’ अर्थात् जुन दिन मध्यरातमा फाल्गुन कृष्ण चतुर्दशी तिथि पर्छ, त्यसै दिन गनुपर्दछ । अर्धरात्रियुता यत्र माघकृष्णचतुर्दशी । शिवरात्रिव्रतं तत्र सोक्श्वमेधफलं लभेत् ।। यहाँ अमान्त मानले माघकृष्ण भन्नाले पूर्णान्त मानले फाल्गुन कृष्ण चतुर्दशीलाई लिनुपर्दछ ।
शिवरात्रिको व्रत गर्दा अश्वमेध यज्ञ गरेसरह फल प्राप्त हुन्छ भनिएको छ । शिवको अर्थ हुन्छ( कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन्।
भगवान् शिव देवता र असुर दुबैका लागि प्रिय छन् । त्यसो त शिवको अनेक रुप छन् । अनेक नाम छन् । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ ।

भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । उहाँ रामलाई पनि वरदान दिनुहुन्छ रावणलाई पनि । उहाँले भस्मासु, शुक्राचार्य आदि केही असुरलाई बरदान दिनु भएको थियो । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हुनुहुन्छ ।
शिवलाई देवाता र असुरहरु दुवैले उत्तिकै महत्व दिएको पैराणिक ग्रन्थहरुमा पाइन्छ । शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ ।
शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो ।
त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts