
तनहुँ । चलचित्र ‘सतीदेवी’को तनहुँको दमौलीमा विशेष प्रदर्शन गरिएको छ । दमौलीको क्युएफएक्स सिनेमाघरमा गरिएको विशेष प्रदर्शनीमा मध्यनेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डे, मध्यनेपाल नगरपालीका-५ का अध्यक्ष ओमवीर गुरुङ, वडा-३ का अध्यक्ष केशव न्यौपाने, वडा-४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा-७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा-९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा-५ स्थिति लाफा गाउँ होमस्टे, श्री सिर्जनाशील एकता मगर समाजका प्रतिनिधिहरूका साथमा स्थानीयहरूको उपस्थिति थियो ।
लक्ष्मण सुवेदी निर्देशित यो चलचित्रको विशेष प्रदर्शनीमा चलचित्र हेर्ने सबैले मनपरेको प्रतिक्रिया दिएका थिए । चलचित्रका अधिकांश दृश्य मध्यनेपाल नगरपालिकाका-५ लगायत विभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरूलाई निकै सहयोग मिलेकाले धन्यवादस्वरूप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताउनुभयो ।
गत माघ तेस्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिनअघि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले चासो देखाउनुभएको थियो । निर्देशक सुवेदी सञ्चार मन्त्रालय पुगी मन्त्री शर्मालाई आफ्नो चलचित्रबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहनुभएको छ । मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायत कलाकारले चलचित्रमा अभिनय गर्नुभएको छ । चलचित्रले सिनेमाघरमा आउने मिति भने तय गरेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच