काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबै दललाई धोका दिएको आरोप लगाउनु भएको छ । साथै उहाँले प्रधानमन्त्री प्रचण्डबाट धोका पाएका दलहरु एक ठाउँमा उभिनसक्ने चेतावनी पनि दिनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता लेखकले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यूले धोका नदिएको सायदै कुनै दल होला । तपाईंले धोका दिएका सबै दल एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नुहुन्छ ?’
प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपमा गठबन्धन तोडेको भन्दै उहाँले आपक्ति समेत जनाउनु भयो ।
प्रधानमन्त्रीको पछिल्लो कदमले निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचाहरू, प्रतिज्ञाहरूलाई वेवास्ता गर्दा नेपाली कांग्रेससहित ती जनताप्रति विश्वासघात भएको नेता लेखकले बताउनु भयो ।
मन्त्रिपरिषद् पुनर्गठनपछि मुलुकको दिगो शान्तिका लागि गरिएको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले कांग्रेसको मात्रै नभइ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध कुठराघात गरेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएपछि कांग्रेसले समर्थन फिर्ता लिएको छ।
आज बसेको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts