काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता नामक योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसात् गर्दै कम्पनीले महिलालाई पनि सेयर बजारतर्फ आकर्षित गरी आर्थिकरूपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । योजना अवधिभर नेपाली नारीहरूले निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न पाउनेछन् ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्न ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा लिंकमा क्लिक गरी खोल्न सकिनेछ । योजना फागुन २४ गते देखि ३० गतेसम्म ज्योति क्यापिटल तथा ज्योति विकास बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गर्दै आएको जनाएको छ ।






