
काठमाडौं । कोका-कोलाले उपभोक्ताका लागि अर्को विशेष क्याम्पेन ल्याएको छ । घरमा खाना खाँदाको क्षण विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका-कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका-कोला, स्प्राइट र फ्यान्टा खरिदमा २५० मिलिलिटरको कोका-कोला सित्तै प्रदान गर्ने भएको हो । कोकको साथले साधारण खाना खाँदाको क्षण पनि रमाइलो पलमा परिणत गर्ने अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो, ‘कोका-कोला सधैँ आफ्ना उपभोक्ताका लागि रमाइलो पल सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विश्वास छ ।’
कम्पनीका अनुसार अफरले कोका-कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका-कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउन नयाँ-नयाँ क्याम्पेन ल्याउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच