
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको संयुक्त बैठक शुरू भएको छ ।
मंगलवार साँझ बसेको बैठकले मन्त्रालयको भागबन्डा, सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयो ।
‘कार्यदलको बैठक बसिरहेको छ । कुन दलले कुन मन्त्रालय पाउने वा कति मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लगाउन प्रयास गर्ने छ’, आचार्यले भन्नुभयो ।
कार्यदलमा एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट डा. स्वर्णिम वाग्ले र जसपाबाट वरिष्ठ नेता राजेन्द्र सहभागी हुनुहुन्छ ।
आइतवार राति कांग्रेससहितको गठबन्धन सरकार टुटेर एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन सरकार बनेको थियो ।
सोही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनगर्ठित सरकारमा सोमबार तीन जना मन्त्रीलाई विनाविभागीयको जिम्मेवारी दिनुभएको छ ।
जसमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्यालले मन्त्री हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच