काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले उनीहरूले १० लाख २९ हजार ३२५ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै अख्तियारले मुद्दा दर्ता गरेकाहरुमा चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सबइन्जिनियर अजबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा, सचिव हंशबहादुर ऐडी र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् ।
अख्तियारले उनीहरूसँग १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो दाबी गरेको छ ।
चंखेली–३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
चंखेली–३ स्थित मेलादेखि बासलधारासम्म काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts