काठमाडौं । ग्लोबल आइएमई बैंकले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका-६ हुस्लाङ र बन्दीपुर गाउँपालिका-६, साराङघाटमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।
दुर्ई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनसँगै बैंकका शाखारहित संख्या दुई सय ७७ पुगेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका तीन सय ५४ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७७ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको बैंंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements