काठमाडौं । नेपाल फलफूल थोक व्यवसायी संघको अध्यक्षमा अमर बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको ३२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा मेघनाथ चौलागाईं, महासचिवमा सुविन्द्र शाही, सचिवमा सरोजकुमार श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम घिमिरे रहेका छन् भने सदस्यमा अर्जुन हुमागाईं, अनिस श्रेष्ठ (वसन्त), सफल न्यौपाने, विष्णुप्रसाद चौलागाईं निर्वाचित भएको संघले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता