तेस्रो सर्किट लागेसँगै ११७.७० अंकले बढेर नेप्से सोमवारको लागि कारोबार बन्द

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेप्से परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमवारको लागि कारोबार बन्द भएको छ ।

सोमवार नेप्से परिसूचकको कारोबार खुलेको ३ मिनेटमा नै ४ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । त्यस्तै २० मिनेटपछि कारोबार खुलेपश्चात १ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागरे ४० मिनेटको लागि कारोबार बन्द भएको थियो ।

दोस्रो सर्किट पश्चात खुलेको नेप्से कारोबार १ मिनेटको अवधिमा ६ प्रतिशतले वृद्धिभएसँगै सोमवारको लागि नेप्से कारोबार बन्द भएको छ । सोमवार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ । लोमो समयदेखि पुँजीबजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो ।

ADVERTISEMENT

एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । सोमवार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ । ११७.७० अंकले बढेको नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ ।

सोमवार कारोबारमा आएका २३७ कम्पनी मध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा २ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । सोमवारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *