काठमाडाैं । माछापुच्छ्रे बैंकले असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप र वेबसाईटमार्फत रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ ।
दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप र वेबसाईटमार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको हाे ।
जस अन्तर्गत असफल भएको कारोबारलाई रिपाेर्ट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट समेत हेर्न सकिने बैंकले जनाएकाे छ । असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएको जानकारी म्यासेज र ईमेलबाट ग्राहकलाई गराईने पनि बैंकले जनाएको छ ।
बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईनै जहाँकहि बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनु पर्ने, फोन गरिरहनु पर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधाप्रदान गरेको हो ।
यसअन्तर्गत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपाेर्ट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts