
रुपन्देही । नेपाल कर्मचारी युनियन रुपन्देही कार्यसमितिले मित्र मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।तिलोत्तमा नगरपालिकाका पर्यटकिय क्षेत्रबन बाटिकामा मित्र मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेका हो ।
नेपाल कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षता नेपाली काग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्य तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य गंगा शाही बिशिष्ट अतित्थता, तथा अतिथीहरुमा इन्दु शर्मा उपमहासचिव नेपाल निजामती कर्मचारी युनियन,जनक बहादुर राबल सहमहासचिव सचिब नेपाल निजामती कर्मचारी युनियन उत्तम कटुवाल बरिष्ठ उपाध्यक्ष रहनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला सभापति रामकृष्ण खाँणले निजामति कर्मचारी सेवामुखी शुसासन पारदर्शीता र जवाफदेहिता हुनुपर्ने बताउनु भयो। उहाले जनप्रतिनिधि र कर्मचारी एक सिक्काका दुई पाटा भएको समेत बताउनु भयो। सभापति खाँणले भन्नु भयो प्रदेश ऐन आयो तर संघिय निजामती ऐन आउन पर्छ योे कर्मचारीको पक्षमा आउनु पर्ने बताउनु भयो।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस्य गंगा शाहीले निजामति कर्मचारी ऐन ल्याउन कांग्रेसले सुरुदेखि नै पहल गरेको र अब छिटो आउने बताउनु भयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल इन्दु शर्मा उपमहासचिव नेपाल निजामती कर्मचारी युनियन,जनक बहादुर राबल सहमहासचिव नेपाल निजामती कर्मचारी युनियन लगायतले बोल्नु भएको थियो ।
बृहत वनभोज कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख उपप्रमुख पुर्ब नगरप्रमुख पार्टीका नेताहरु तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु पत्रकार तथा निजामति कर्मचारीहरुको सहभागीता रहेको कार्यक्रमको स्वागत नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीका उपाध्यक्ष टेकराज पन्थीको स्वागत तथा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बालकृष्ण कडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच