बाटो माथिबाट खसेको ढुङ्गा लागेर एक जना मृत्यु

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । मुगुम कार्मारोङ गाउँपालिका-५ का ५० वार्षिय एक पुरुषको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका-६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिडेका सोही गाउँपालिका-५ का ५० वार्षिय कोन्जोक लाक्याप लामाको बाटाे माथिबाट खसेकाे ढुङ्गा लागेर मृत्यु भएको हो ।

ADVERTISEMENT

कादुरि नामक एक संस्थाले निर्माण गरेको विद्युतगृहको नहर पहिरोले क्षति गरेपछि सोही गाउँपालिका ५ र ६ नम्बर वडाको काम गर्ने पालो शनिवार थियो । सोही कामका लागि मृतक लामासहित अन्य चार जना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानम माथिबाट आएको ढुङ्गा लागेर उनी घाइते भएका थिए ।

घाइते लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्दार गरि पुलु स्वास्थ चौकीमा पुर्याएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढि लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको सोही गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?