पश्चिमी वायुको प्रभाव, देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *