काठमाडौं । रियलमीको रियलमी सी ५३ नेपाली बजारमा आएको छ । रियलमी सी ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा रहेको छ, जुन उक्त मूल्यमा पाउने फोनमध्ये सबैभन्दा धेरै हो ।
कम्पनीका अनुसार यसमा रहेको तीन टाइम्स इन सेन्सर जुमले कुनै तस्बिर जुम गर्नुपर्यो भने पनि शतप्रतिशत रिजोलुुसनमा फोटो खिच्न सक्छ । रियलमीको सी सिरिजमा यस्तो फिचर भएको रियलमी सी ५३ पहिलो मोडल हो ।
१०८ एमपीको क्यामरा भए पनि फोटो प्रोसेसिङ टाइम कम भएकाले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन । साथै यसमा भएको ०.३ एमपीको क्यामेराले सुन्दर पोट्रेट सट लिन्छ भने सेल्फीका लागि आठ एमपी क्यामेरा रहेको छ । रियलमी सी ५३ को मूल्य भने १६ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।






