एमालेले खोज्यो प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको खोजी गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भएको भन्दै खोजी गरेको हो । बैठकमा बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई खोजी गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारलाई संसदप्रति जवाफदेहीता र राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ भनि प्रश्न समेत गर्नुभयो। उहाँले सरकारमाथि उठेका विभिन्न प्रश्नहरुको सन्दर्भमा सरकार जवाफदेही हुनुपर्ने भएपनि सरकार हराएको भन्दै प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भनेर पनि प्रश्न गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘आज प्रधानमन्त्री आउनुभएको हामीले जानकारी पाएनौँ । प्रधानमन्त्रीज्यु छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने हामीले सञ्चार माध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो । मन्त्रीहरुको खोजी गर्नुपर्‍यो । र यो सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्‍यो । सरकार संसदप्रति जवाफदेही भएन । बालकुमारी घटनामा दोषी करार भएका, सरकारी छानविन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न वा राजीनामा नगरे बर्खास् त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ ? यो संसदमा आएर जवाफ दिन के ले रोकेको छ ? लघुवित्त, मिटरब्याज , सहकारी पीडितहरु राजधानीमा मेचीदेखि महाकालीबाट हिँडेर आउनुभएको छ । उहाँहरुमाथि विभिन्न ढंगको दमन भएको छ । यो खालको स्थिति छ । यो बारेमा सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन । सरकार हरायो । प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नु पर्‍यो । हो कि ? कतिदिन समय चाहिने हो ? म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरिएको भन्दै खेदप्रकट गर्नुभयो । उहाँले घाइतेहरुको उपचारको माग पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?