काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले आइएलओ सेल परियोजनासँगको सहकार्यमा फागुन १५ गते राष्ट्रिय नीति संवाद २०२४ आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याल र खोमराज कोइरालाको उपस्थिति रहेको थियो ।
सो अवसरमा आभूषण ज्योति कंसाकारले देशमा स्टार्टअपको स्थिति, चुनौती, अवसर र स्टार्टअपको उत्कृष्ट अभ्यासबारेमा चर्चा गर्नुभएको थियो । उहाँले सरकारसँग युवा उद्यमीको दबाबपूर्ण मागमा जोड दिँदै युवाका आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुएको छ ।






