काठमाडौं । एक वर्ष अघि आजकै दिन कोशी प्रदेश नामाङ्कन गरिएको भन्दै पहिचानवादीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आजको दिनलाई प्रदेश नं १ पुन नामाङ्कन संयुत्त संघर्ष समितिले कालो दिनका रुपमा मनाएको छ ।
काठमाडौंको तिनकुने स्थित उपत्यकामा बसोबास गर्ने कोशी प्रदेश बासिहरुले कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्र्शन गरेका छन् ।
पहिचानवादीहरू पुन नामाङ्कनका लागि लामो समयदेखि आन्दोलनमा छन् । यद्यपि केही दिनअघि पहिचानवादी र कोशी सरकारबीच सहमति पनि भएको छ ।













