काठमाडौं । नेपालस्थित हिरो मोटरसाइकल तथा स्कुटरको तत्कालीन आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ(एनजिएम)ले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी दायित्व अब आफूले बेहोर्न नसक्ने जनाएको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै वारेन्टी दायित्व नबेहोर्ने जनाएको छ । हिरो मोटोकर्पद्वारा उत्पादित मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नेपाल जेनरल मार्केटिङले उत्पादक कम्पनीको निर्देशनबमोजिम वारेन्टी सुविधा दिँदै आएको थियो । तर, उत्पादक कम्पनीले विगत दुर्ई वर्षदेखि कम्पनीलाई स्पेयर पार्ट्सको आपूर्ति आंशिकरूपमा गर्दै आएको र विगत एक वर्षयता आपूर्ति बन्द नै गरेकाले वारेन्टी दायित्व आफूले बेहोर्न नसक्ने जनाएको हो । मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्सको आपूर्ति रोकेका कारण ग्राहकले वारेन्टी सुविधाबाट वञ्चित हुन गई दुःख झेल्नुपरेको महसुस भएको कम्पनीको भनाइ छ ।
हिरो मोटोकर्पले स्पेयर पार्ट्सको आपूर्ति बन्द गर्दा पनि आफ्नो स्टकबाट वारेन्टी सुविधाअन्तर्गत स्पेयर पाटर््स उपलब्ध गराई आएको तर हिरो मोटोकर्पले वारेन्टीबापत भुक्तानी दिनुपर्ने करोडौं रुपैयाँ विगत दुर्ई वर्षदेखि रोकिराखेको कम्पनीले जनाएको छ । वारेन्टी दिने दायित्व उत्पादक कम्पनीको भए पनि कम्पनी आफैंले समस्या समाधान गर्ने प्रयास गरिरहेकोमा मोटोकर्पले स्पेयर पार्ट्स आपूर्ति नगरेको र विगत दुर्ई वर्षदेखि वारेन्टी क्लेमको भुक्तानी रोकिराखेकाले उत्पादक कम्पनीको वारेन्टीको दायित्व बेहोर्न नसक्ने उल्लेख गर्दै स्पेयर पार्ट्सको भुक्तानी पाएपछि मात्र ग्राहकलाई वारेन्टी सुविधा दिने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts