काठमाडौं । बिवाइडीको नेपालस्थित अधिकृत बिक्रेता साइमेक्स इंकले युइएफए-युनियन अफ युरोपियन फुटबल एसोसिएसन) युरो २०२४ का अवसरमा ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत फुटबलप्रेमी ग्राहकलाई जर्मनीमा गई प्रत्यक्ष युइएफए युरो २०२४ का रोमाञ्चक खेल हेर्ने मौका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बताउनुभएको छ । बिवाइडी युइएफए युरो २०२४ को अधिकृत इ-मोबिलिटी पार्टनर हो ।
युइएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्वप्रसिद्ध स्टेडियममा आयोजना हुँदैछ । युइएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बिवाइडीबीचको सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ११ भाग्यशाली विजेताले युइएफए युरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्षरूपमा मनोरञ्जन लिने अवसर पाउनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा