इजरायलले कतारमा गाजा युद्धविराम वार्ता जारी राख्न प्रतिनिधिमण्डल पठाउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । इजरायलको मन्त्रिपरिषद्ले गाजा युद्धविराम सम्झौतामा वार्ता जारी राख्न एक प्रतिनिधिमण्डल कतार पठाउने भएको छ ।

कतारको राजधानी दोहामा भइरहेको वार्ताका लागि आफ्नो प्रतिनिधि मण्डल पनि पठाउने बताएको हो । प्रतिनिधिमण्डलमा गैर-वरिष्ठ अधिकारीहरू सम्मिलित हुने बताइएको छ ।

साढे चार महिना लामो युद्धको अन्त्य, गाजामा हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ, इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइका साथै मानवीय सहायता बढाउने सहमति हुने अपेक्षा गरिएको बताइएको छ ।

ADVERTISEMENT

इजरायली अधिकारीहरूले पेरिसमा भएको वार्ता रचनात्मक भएको र सहमतिको सामान्य रूपरेखा तयार भएको बताएका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज