काठमाडाैं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरेर सहकारी पीडितहरूको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताउनुभयो ।
पोखराको नागरिकले समेत जिबी राईको कारणले दुःख पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कहाँ छन् जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’








This is breaking news.
Video News Post
Breaking News with Advertisements