काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिहीबार काठमाडौंमा दुई शाखा विस्तार गरेको छ । काठमाडौंं महानगरपालिका-१५ स्वयम्भू र काठमाडौं महानगरपालिका-१६ मा बालाजु शाखा विस्तार गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उल्लेखित शाखा उद्घाटन गर्दै नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताउनुभयो । बैंकले गत महिना काठमाडौंको अनामनगर र शंखमूल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements