भक्तपुर । विद्यार्थीमा उद्यमशीलता विकास गर्ने अभिप्रायका साथ भक्तपुरमा बिहीबार बिजनेस आइडिया प्रोमोसन कम्पिटिसन(व्यवसाय विचार प्रवद्र्धन प्रतियोगिता) भएको छ । ख्वप कलेज देकोचा भक्तपुरमा आयोजित प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
ख्वप माविको २४औँ, ख्वप कलेजको २२औँ, शारदा क्याम्पस माविको ३३औँ र ख्वप कलेज अफ लको प्रथम वार्षिकोत्सवका अवसरमा क्रममा प्रतियोगिता पनि भएको हो । प्रतियोगितामा कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू प्रतिस्पर्धीका रूपमा रहेका छन् । उनीहरूले ४० भन्दा बढी विभिन्न स्टल राखेका छन् ।
आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले राखिएका स्टलको मूल्यांकनका साथै अवलोकनकर्ताबाट उत्कृष्ट लाग्ने तीनवटा उद्यमशील स्टललाई आफ्नो मत प्रदान गर्ने अवसरसमेत प्रदान गरिएको बताउनुभयो ।
प्रतियोगितामा पहिलोलाई १५ हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र, दोस्रोलाई १० हजार र तेस्रोलाई पाँंच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts