काठमाडौं । भारतीय होम अप्लायन्सेस कम्पनी पिजन ब्राण्डका घरायसी उपकरण नेपाली बजारमा आएका छन् । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रोटेक प्रालिले पिजनका उपकरण नेपालमा ल्याएको हो । कम्पनीले पहिलोपटक मिक्सर ग्राण्डर, कुकटप, आइरन र इण्डक्सन कुकटपलगायतका घरायसी उपकरण ल्याएको जनाएको छ । लक्ष्मी ग्रुपका निर्देशक अंकुश श्रेष्ठले पिजनसँगको सम्बन्ध विस्तार नयाँ कोसेढुंगा भएको बताउनुभएको छ ।






