इजिप्टको सलादिन सिटाडेलस्थित ऐतिहासिक टावरहरू आगन्तुकहरूका लागि खुला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनःस्थापनापछि आईतवारबाट सर्वसाधारणहरुका लागि खुला गरिएको छ । इजिप्टका पर्यटन र पुरातात्विकमन्त्री अहमद इसाले उद्घाटन समारोहमा रमला र अल-हद्दाद टावरहरू र नयाँ खोलिएका अन्य आकर्षणहरूसँगै किल्लाको भ्रमणको समय एक घण्टाबाट तीन घण्टासम्म बढाइने बताउनु भयो ।

पुरातात्विकताको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीले दुई टावरहरू किल्लाको यात्रा कार्यक्रममा थपिने र आगन्तुकहरूले किल्लाको प्रवेश टिकटको साथ पहुँच गर्नसक्ने बताउनु भयो । जीर्णोद्धारका काममा ढुङ्गा बदल्ने, ढुङ्गाको सिँढी र भुइँको मर्मतसम्भार, सुरक्षाका लागि पर्खाल निर्माण गर्ने र तीर्थस्थलको संरक्षण गर्नेलगायतका काम सम्पन्न भएको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

रमला टावर २०.८ मिटर अग्लो छ । अल-हद्दाद टावर किल्लाको सबैभन्दा ठूलो टावरहरूमध्ये एक हो । जुन ११७६ मा सालाह एल-दिनद्वारा निर्माण गरिएको थियो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज