त्रिविको उपकुलपतिमा तीन उम्मेदवारको नाम सिफारिस
Read Time = 2 mins
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र प्रा डा टङ्कनाथ धमला मध्येबाट एक जनालाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी आज अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि सिफारिस समितिले तीन जनाको नाम चयन गरेको हो । त्रिभुवन विश्वविद्यालय ऐन, २०४८ को दफा १८ ९२० बमोजिम उक्त तीनमध्येबाट प्रधानमन्त्री एवं कुलपतिले एकलाई नियुक्त गर्नुहुनेछ ।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता