काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जनाएको छ ।
मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापनाको प्रक्रिया पूरा हुन १५ दिन लाग्ने भएकाले सो अवधिमा सबै ३० किलोवाट डिसी चार्जिङ स्टेसन अस्थायीरूपमा उपलब्ध नहुने पनि कम्पनीले जनाएको छ । पारामाउन्ट मोटर्सले सो अवधिमा वैकल्पिक चार्जिङ स्टेसन प्रयोग गर्न आग्रह गर्दै ग्राहकको असहजताका लागि क्षमा मागेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts