
भोजपुर । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएसँगै भोजपुरमा जिल्ला स्तरीय प्रतियोगिताको तयारी थालिएको छ ।
१४ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ८ देखि १० सम्म गर्ने गरी तयारी थालिएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरका कार्यालय प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो । बिगतका बर्षहरुमा जिल्ला सदरमुकाममा जिल्ला स्तरीय प्रतियोगिता संचालन हुँदै आएको भएपनि यो बर्ष भने उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा गर्ने निर्णय गरिएको प्रमुख शेर्पाको भनाई रहेको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समितिको बैठकले षडानन्द नगरपालिकाका प्रतियोगिता संचालन गर्ने निर्णय गरेको थियो । प्रतियोगिता संचालनका बिषयमा जिल्लाका ९ वटै पालिकाहरुलाई जानकारी गराई सकिएको जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच