काठमाडौं । क्लोज अप नेपालले भ्यालेन्टाइन्स डेका दिन नजिक आऊ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ । कम्पनीले भ्यालेन्टाइन्स डेको अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आऊ अभियानअन्तर्गत नजिक आऊ वेब सिरिज सुरु गरेको हो । अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ ।
एक ओरल केयर ब्राण्डका रूपमा स्थापित क्लोज अपले हरेक व्यक्तिलाई आत्मविश्वास साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दाबी छ । कम्पनीले यसअघि नै चार भिन्न कथा फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोज अपको माइक्रो वेबसाइटमा सार्वजनिक गरिएको थियो ।
उल्लेखित चार भागले एक करोडभन्दा माथि भ्युज र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल गरेको कम्पनीको दाबी छ । दर्शकहरूले यी चार भागमा दिएको कमेन्ट्सका आधारमा अन्तिम भागलाई रोचक र हृदयस्पर्शी निष्कर्ष दिइएको बताइएको छ । साथै अभियानले सहभागीहरूको प्रेमकथा डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको छ ।







Breaking news with related posts