
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अवैध रूपमा राखिएको नदीजन्य सामग्रीहरु जफत गर्न थालेको छ ।
नारायणी नदीबाट चोरी निकासी गरी अवैध रूपमा राखेको गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट र भस्कटलाई जफत गर्न थालिएको हाे ।
गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय नेतृत्वको टोलीले बुधबार सुस्ता गाउँपालिका वडा न २ देखि जफत कार्य सुरु गरि सुस्ता वडा न ३ र वडा न ४ नर्सहीका केहि स्थानमा अवैध रूपमा राखिएको गिट्टी, बालुवा,भस्कट र ढुङ्गालाई जफत गरेको अध्यक्ष उपाध्यायले बताउनु भयो । उहाँ भन्नुहुन्छ, 'पालिकाले जफत गरेको अवैध गिट्टी,बालुवा,भस्कट र ढुङ्गालाई जफत गरेको स्थानबाट उठाएर एक ठाउँ जम्मा गरेर राखिएको छ ।' जफत गरिएका नदीजन्य सामग्रीको लिलामी पालिकाले गर्ने छ ।'
सुस्ता गाउँपालिकाका अनुसार केही ब्यक्तिहरुले नारायणी नदीबाट चोरी निकासी गरि सार्बजनिक स्थल र आफ्नो निजि जग्गामा जम्मा (स्टोक) गरेर राखेको गिट्टी, बालुवा, भस्कट र ढुङ्गाका लागि पालिकाले पटकपटक स्टोक प्रमाणित गरि सम्बन्धित ब्यक्तिलाई राजस्व बुझाउनका लागि पत्राचार गरिएको छ । तर पत्राचार गर्दा पनि बेवास्ता गरेपछि पालिका एक्सनमा जाने उपाध्यायले बताउनुभयो । केही ब्यक्तिहरुले नारायणी नदीबाट दिन रात गिट्टी, बालुवा, भस्कट, मिस्कट र ढुङ्गा चोरी निकासी गर्ने अनि दोस जति पालिकाले खेप्न पर्ने हुदा पालिकाले एक्सन नलिई नहुने हुदा आफुहरु नदीजन्य गिट्टी,बालुवाको चोरी निकासीलाई बन्द गर्नको लागि सुरक्षाकर्मीहरुको सहयोग लिएर जफत गरिएको छ ।
जफत गरिएको नारायणी नदीको गिट्टी,बालुवा,ढुङ्गा,मिस्कट र भस्कटको पालिकाले सम्पुर्ण प्रक्रिया पुर्याएर तत्काल लिलामी गर्ने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच